मंसिर ६ । अघिल्लो वर्ष हारेका कांग्रेस सभापति सुशिल कोइरालाले ३ बाँकेमा जितेका छन् ।

कोइराला बाँके ३ बाट १० हजार ७ सय ५३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी राप्रपा नेपालका धवलशमसेर राणाले ८ हजार ८ सय ०८ मत ल्याएका छन् ।

एमाओवादी दामोदर आचार्य ६ हजार १ सय २२ मत ल्याएर तेस्रो बनेका छन् ।

०६४ सालको निर्वाचनमा कोइराला यसै क्षेत्रबाट ५ कजार ९ सय ५९ मत ल्याएका पराजित भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।