मंसिर ६ । संविधानसभाको दोस्रो निर्वाचन सम्पन्नको प्रत्यक्ष प्रभाव बजारमा परेको छ ।
नेम्सेमा आज बजार बढेकै कारण तीन पटक सक्रिट लागेको छ ।
तेस्रो पटक पनि सक्रिट ब्रेक लागेपछि नियमति समय अगावै नै नेपाल स्टकको बजार सोढे एक बजे बन्द छ ।
बजार उच्च विन्दुले बढेपछि विहीवार लगानीकर्ताले जम्मा ४५ मिनेट कारोबार गर्न पाएका छन् । सो क्रममा जम्मा ४१ कम्पनीको सेयर कारोबार भएको छ ।
कारोबार शुरु हुँदा नै अघिल्लो कारोबार दिनभन्दा पाँच अंकले बढेर शुरु भएको बजार तीव्र रुपमा बढेको थियो ।
संविधान सभाको निवार्चन पछि खुलेको बजारमा अत्यधिक चाप देखिएपछि बजार बढेको हो । कारोबार खुलेको १५ मिनेटमा पहिलो पटक सक्रिट ब्रेकर लागेको नेप्से १५ मिनेट पछि खुलेको थियो । तर त्यसको केही समयमै बजारमा पुन दोस्रो सक्रिट ब्रेकर लागेको थियो ।
समय अगावै बजार बन्द भएपछि जम्मा चार करोड २५ लाख रकमको मात्र कारोबार भएको छ ।
बिहीबार नेम्से परिसूचक ३३.८८ अंक (५.६४ प्रतिशत) ले बढेर ६३४.३ बिन्दुमा आइपुगेको छ ।
Comments