गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायातलाई असार महिनाको व्याज रकम राहतस्वरुप पूरै छुट दिने जनाएको छ । कोभिड–१९ का कारण जारी बन्दाबन्दीले यातायात क्षेत्रमा देखिएको असहजतालाई ध्यान दिदैँ बैँकले सो निर्णय गरेको हो ।

बैंकमा सुरक्षणका रुपमा सम्बन्धित सवारी साधनसमेत धितो राखी यात्रुवाहक बस, मिनिबस, माइक्रो बस, जिप र ट्याक्सीलगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका ऋणीलाई उक्त सुविधा प्रदान गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिमको गत बैशाख, जेठ र असार महिनाको ब्याजदरमा दुई प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक असारको व्याज रकम राहतस्वरुप पूरै छुट दिने निर्णय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार ऋणीले असार मसान्तभित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।

गण्डकीमा दुई सय ८७ जनाले जिते कोरोना

गण्डकी प्रदेशमा थप ७३ सहित २८७ जनाले कोरोना जितेर घर फर्केका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिअनुसार बाग्लुङका ६८ जना , गोरखाका तीन, लमजुङ दुई र ७३ जनाले कोरोना जित्न सफल भएका हुन् । यसअघि २१४ जनाले निको भएका थिए । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बिहीबारसम्ममा एक हजार १४ पुगेको छ । बिहीबार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा थप नयाँ आठ जना सङ्क्रमित देखिएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।