गण्डकी प्रदेशमा विहिवार थप ८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै प्रदेशभर संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरीएको परीक्षणमा बागलुङका १ जना, स्याङ्जाका २ जना, तनहुँका ३ जना र पर्वतका २ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज पुष्टि भएका सबै संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैलाई सम्बन्धित जिल्लाका आइसोलसनमा लगिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिएका छन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।