शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा रहेको क्वारेन्टाइनलाई व्यवस्थित बनाउन माग गरिएको छ । त्यहाँ तीन दिनदेखि बिजुली बत्ती छैन । झुल नहुँदा सुत्न निकै समस्या भएको क्वारेन्टिनमा रहँनुभएका रमेश अधिकारीले जानकारी दिए ।

विदेशबाट आएका पाँचसहित काठमाडौँ उपत्यका बाहिरबाट आएका पाँच जना गरी १० जना सो क्वारेन्टिनमा रहँदै आएका छन् । उनीहरुले अहिलेसम्म स्वास्थ्यकर्मी जाँच गर्नसमेत नआएको जनाउँदै पिसिआर परीक्षण गर्न माग गरेका छन् ।

उनीहरुले विदेशबाट आएको दुई साता हुनलाग्दा समेत स्वास्थ्य परीक्षण नभएको र विनापरीक्षण घर पठाउन लागिएको गुनासो गरेका छन् । बत्ती नहुँदा सम्पर्कविहिन हुनुपरेको समस्या त छँदैछ, विनापरीक्षण घर पठाउन लागिएकामा उनीहरु थप चिन्तित छन् । उनीहरुले आफ्नै खर्चमा परीक्षण गराउने व्यवस्था मिलाइदिन नगरपालिकासंँग आग्रहसमेत गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।