नेपालमा हाल सम्म कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हिजाे बिहीबार ४९ दिने शिशुको मृत्यु भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो ।

मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । म्याग्दीकि ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनका आमा, बुवा र फुपूको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ । शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । त्यस्तै हालसम्म कोरोना जित्नेको संख्या ५ हजार ३२० पुगेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।