मंसिर ४ – दोस्रो संविधानसभा निर्वाचनमा ७० प्रतिशत मतदाता सहभागी भएको दाबी निर्वाचन आयोग नेपालले गरेको छ।

मंगलबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मुलुकभर भएको निर्वाचनमा ७० प्रतिशतको संख्यामा मतदाता सहभागी भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा उप्रेतीले भने ‘प्रारम्भिक विवरणअनुसार सरदर ७० प्रतिशत मतदान भएको पूर्वानुमान छ ।’

त्यस्तै, उप्रेतीले निर्वाचन सफल भएकोमा गर्भ गर्दै थपे ‘अझै बढ्ने अनुमान गरेका छौं, आजको मतदाता सहभागितालाई इतिहासले रेकर्ड गर्नेछ, हामी कहिल्यै भुल्ने छैनौं ।’

उप्रेतीको उत्साहा पहिलो संविधानसभाको निर्वाचनमा भन्दा बढी मत खसेको प्रति थियो । गत संविधानसभाको निर्वाचनमानिर्वाचनमा ६१ दशमलव ७ प्रतिशत मात्र मत खसेको थियो ।

निर्वाचन सफल भएको भन्दै प्रमुख आयुक्त उप्रेतीले निर्वाचनमा सहभागी हुने राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षा निकाय, सञ्चारमाध्यम लगायत सबैलाई धन्यवाद समेत दिए ।

यद्यपी रोल्पाको थवाङ गाविसका तीन ओटा मतदान केन्द्रमा एक मत पनि नखसेको प्रति भने निर्वाचन आयोगले अनविज्ञता प्रकट गरेको छ ।  पत्रकार सम्मेलनमा प्रमुख आयुक्त उप्रेतीले ७ देखि १० दिनसम्ममा २ सय ४० वटै क्षेत्रको निर्वाचन मत परिणाम आउने बताए् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।