मंसिर ४ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको सिरहा ५ का तीन वटा मतदान केन्द्रमा आफ्नो पार्टी बाहेककालाई अवरोध गरिएको छ ।
एमाओवादी कार्यकर्ताले अन्य दलका कार्यकर्तालाई भोट हाल्न लागि लाइनमा बस्नै नदिएर अवरोध पुर्याएका हुन् ।
एमाओवादी कार्यकर्ताले बडाहामाल–६ स्थित भुल्किया मतदान केन्द्र, वडा नम्बर ९ को प्रावि मतदान केन्द्र र कल्याणपुर कलाबन्जरको जनता मावि मरेवा मतदान केन्द्रमा विपक्षी पार्टीका कार्यकर्तालाई भोट हाल्न अवरोध गरेको कांग्रेस कार्यकर्ताले जनाएका छन् ।
एमाओवादीले कांग्रेस, एमाले लगायतका दलका मतदालाई लाईनमा बसेर मतदान गर्न नदिए पछि स्थानीय मतदाता आक्रोशित भएका छन् ।