मंसिर ४ । १० वर्षे सशस्त्र जनयुद्धको उद्गमस्थल भनेर रोल्पा अहिले पनि उत्तिनै परिचित छ । पहिलो संविधानसभाको निर्वाचनमा तिनै रोल्पाबासीले माओवादीलाई भव्य रुपमा जिताएर पठाए ।
रोल्पा जो अति नै विकट जिल्ला अन्तर्गत पर्दछ । रोल्पा सदरमुकाम लिवाङबाट दुई दिन हि“डेपछि भने थबाङ पुगिन्छ । जहा“ १८७८ मतदाता रहेका छन् ।
तर, ती सबै मतदाता कोही पनि यो निर्वाचनमा अहिलेसम्म सहभागी भएनन् । बिहानबाट कर्मचारी तथा सुरÔाकर्मी खटिएको भएपनि कुनै पनि मतदाता भोट हाल्न नआएपछि मतदानमा खटिएका कर्मचारीहरु रित्तो मतपेटिका लिएर फर्किनु परेको छ ।
गाविसकै बलभद्र उच्च माविमा ३ वटा मतदान केन्द्र तय गरिएको भएपनि मतदान समयावधिभर त्यहां मतदाताको उपस्थिति खडेरी नै पर्यो ।
निर्वाचनमा भाग लिनु र नलिनु दुवै नागरिकको राजनीतिक अधिकार पनि हो । अधिकारकै नाममा चुनावमा भाग नलिने भन्दै तोडफोड आगजनी लगायतका घटनाहरु समेत घटिरहेका बेला थवाङबासीले भने आङ्खनो सन्देश शाीन्तपूणर््ँ रुपमा देखाएर राज्यलाई नै चुनौती समेत दिईरहेका छन् । यो बहिस्कारको नया“ नमूनाबाट सरकारी पक्ष समेत चकित बनेको छ भने विपक्षी दलहरु समेत शान्तिपूर्ण थवाङबासीको कामप्रति मोहित बनेका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ड उप्रेतीले भने थवाङमा एक जना पनि मतदाता सहभागी नहुनलाई अपवाद मान्नुपर्ने बताएका छन् ।
थवाङबासीको राज्य विरुद्धको यो नै पहिलो काम भने होइन । २०३८ सालमा भएको पञ्चायती निर्वाचनमा पनि थबाङबासीले खाली मतपेटिका फिर्ता पठाएका थिए ।
मुलुकका तीन हजार नौ सय १५ गाविसमध्ये थबाङले पञ्चायतकालदेखि नै आफ्नो पहिचानलाई अलग्गै धारका रुपमा स्थापित गर्दै आएको छ ।
वाम विश्लेषकहरुका अनुसार थवाङका सबै बासिन्दा २०१५ सालमै कम्युनिस्टका पक्षमा थिए । जनमत संग्रहमा पनि थबाङका बासिन्दाले बहुदलमा मतदान गरे ।
१० वर्षे सशस्त्र द्धन्द्धका बेला थबाङमा सरकारी उपस्थिति कमै मात्रामा भयो । भीषण अप्रेसनका नाममा मात्र थवाङमा तत्कालिन राज्यका सेना र प्रहरी पुग्ने गर्थे ।
सशस्त्र द्धन्द्धका बेला सेनाको आक्रमणबाट ३३ जना मारिए । थबाङका १९ सर्वसाधारण्को घर खरानीमा परिणत भएको थियो । धेरै महिला बलात्कृत भए । त्यसले पनि थबाङबासीराज्यको अलगधारपूर्ण मनोविज्ञानमा हुर्किन बाध्य भए ।
सशस्त्र द्धन्द्धको समयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र मोहन वैद्यलाई हुर्काउने, लुकाउने, र पाखा पखेरीमा घुमाउने मुख्य जिम्मा थबाङले नै लिएको थियो ।
तर, थवाङवासी दाहाल नेतृत्वको माओवादीसंग भने सन्तुष्ट छैन । एमाओवादी सत्तामा पुगे पनि दाहालले बाचा पूरा नगरेको थबाङवासीको भनाई रहने गरेको छ । त्यही भएर उनीहरु दाहालका एन्टी समेत बनेका छन् । यतिसम्म की, पार्टी विभाजन नहुदै दुई लाइन संघर्ष बेला थबाङका बासिन्दाले दाहाललाई बास समेत दिएका थिएनन् ।
दाहालले विगतका आश्वासन लत्याएको थबाङका बासिन्दाको निष्कर्ष छ। पार्टी विभाजन नहुँदै दुई लाइन संघर्षकै बेला थबाङका बासिन्दाले दाहाललाई वास दिएका थिएनन्। पार्टी विभाजनपछि थबाङका बासिन्दा दाहालप्रति पूरै आक्रोशित छन्। द्वन्द्वका बेला ज्यानै दिन तयार रहेका थबाङका बासिन्दालाई शान्तिप्रक्रियापछि दाहाल र एमाओवादीले बेवास्ता गरेको असन्तुष्टि छ।