अाज सोमबार सुनको भाउ सानाे रकमले अाेरालाे लागेकाे छ । सोमबार सुन प्रति तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएकाे छ । हिजाे आइतबार सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन पनि ८९ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको हाे ।

सोमबार चाँदीको भाउ स्थिर रहेको छ । सोमबार चाँदी ९४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।