काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमा सहमति नजुटेपछि आजका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
बैठक स्थगित गरेर अध्यक्ष पुुष्पकमल दाहाल अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुुगेका छन् । आजको छलफल हिजोको छलफलको निरन्तरता भएको बताइएको छ ।
आजको छलफलले पार्टीमा जारी गतिरोध अन्त्य गर्ने विश्वास लिइएको छ । आज बस्ने भनिएको स्थायी समितिको बैठक २४ असारका लागि बोलाइएको छ ।
Comments