मंसिर ४ । दैलेखको टामुडा गाविस–२ स्थित हाराकोट मतदान केन्द्रमा माओवादी कार्यकर्ताले मतपत्र र पतपेटिका कब्जामा लिएपछि तनाब उत्पन्न भएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । सो क्रममा भागदौड मच्चिदा १२ जना घाइते भएका छन् ।

करिब ६०० मतपत्र र दुईवटा मतपेटिका वैद्य माओवादीले कब्जामा लिएपछि केही घण्टाको अवरोधपछि अहिले भने त्यहाँ मतदान सुरु भएको छ ।

हेलिकोप्टरबाट मतपत्र र मत पेटिका त्यहाँ पुर्याएर मतदान सुरु गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।