मंसिर ४ । काठमाडौको भोटेबहाल निर्वाचनकै क्रममा बम विष्फोट हुँदा ३ जना बालबालिका घाइते भएका छन् ।

भोटेबहालको अरनिको विद्यालयमा रहेको मतदान केन्द्र नजिकै बेवारिसे अवस्थामा रहेको बमलाई ७ वर्षीय बालक सविन खड्गीले खेलाउने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ ।

घटनामा सबिन गम्भीर घाइते भएका छन् भने अन्य दुई बालबालिका सुनिता बलामी र गंगा बलामी पनि घाइते भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।