मंसिर ४ । माओवादी नेवाः राज्य समितिका इन्चार्ज हितमान शाक्य र ताम्सालिङ राज्य समितिका इन्चार्ज सूर्य सुबेदी पथिकले समानुपातिकमा मतदान नगर्न र प्रत्यक्षतर्फ मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको भनी विभिन्न मिडियामा आएको समाचारलाई माओवादी ताम्सालिंगका इञ्चार्ज पथिकले भ्रम पार्ने उद्देश्यले प्रेरित रहेको बताएका छन् ।

सशक्त वहिस्कारको आन्दोलन अघि बढिरहेको र वहिस्कार आन्दोलन यी क्षेत्रमा सफलताका साथ अघि बढाइएको सन्दर्भमा आमजनता र कार्यकर्ताहरुलाई भ्रम पार्ने गरी आएको समाचारमा विश्वास नगर्न पथिकले आव्हान समेत गरेका छन् ।

स्मरणीय छ, समाचारमा आएको नेवाः राज्यका इञ्चार्ज हितमान शाक्य नभएर दिनेश शर्मा हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।