मंसिर ४ । निर्वाचन आयोगले आज बिहान ५ देखि राति १२ बजेसम्म सवारी साधन चलाउन निषेध गरेको छ।
आजको चुनावलाई सुरक्षित वातावरण बनाउन यस्तो कदम चालिएको हो ।
निर्वाचन आयोगबाट सवारी अनुमतिपत्र पाउने बाहेक कसैले पनि सवारी साधन प्रयोग गर्न पाउने छैनन्।
मतदानदेखि मतपेटिकाको व्यवस्थापनसम्मको प्रक्रियालाई जोखिमरहित राख्न यस्तो व्यवस्था गरिएको हो । आयोगले सोमबार यससम्बन्धि निर्णय गरी कार्यन्वयनका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।
यता, ३३ दलिय मोर्चाको यातायात हड्ताल पनि आज ५ बजेदेखि सकिने छ ।
Comments