यी हुन् ललितपुरमा भेटिएका २२ जना कोरोना संक्रमित

ललितपुर २३ असार । ललितपुरमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । साेमबार ललितपुरमा २२ जना कोरोना संक्रमित थपिएका हुन् ।

साेमबार महालक्ष्मी नगरपालिकामा २ महिला र १ पुरुषमा गरी ३ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यस्तै गोदावरी नगरपालिकामा ३ पुरुष र २ महिलामा गरी ५ कोरोना पोजिटिभ पुष्टि भएको छ ।

यता ललितपुर महानगरपालिकामा ६ पुरुष र ८ महिलामा गरी १४ जना कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

संक्रमित सबैलाई दुवाकोट स्थित केएमसी हस्पिटल पठाउने तयारी भैरहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यसअघि ललितपुरको बुंगमतीको ५७ वर्षिय पुरुष र टीकाथलीको ५० वर्षिय पुरुष कोरोनाका कारण मृत्यू भएको थियो।

ललितपुरमा संक्रमितको सुची
१. ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मीस्थानका वर्ष ३९ को पुरुष
२.ललितपुरका ४८ वर्षको पुरुष
३. महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुका वर्ष ४९ का पुरुष
४. ललितपुर महानगरपालिका वडा नं. २ सानेपाका वर्ष ३२ को पुरुष
५. ललितपुरका वर्ष ३५ को महिला
६. गोदावरी नगरपालिका वडा १४ ठैवका २२ वर्षका पुरुष
७. गोदावरी नगरपालिका १८ वर्षका पुरुष
८. ललितपुर महानगरपालिका सुनाकोठीका १३ वर्षको पुरुष
९. ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मीस्थानका ३२ वर्षको महिला
१०.ललितपुर महानगरपालिका धापाखेलका ४५ वर्षको महिला
११. ललितपुर महानगरपालिका हरिसिद्धिका २० वर्षको महिला
१२. ललितपुर मेडिसिटीका ५८ वर्षका पुरुष
१३. ललितपुर महानगरपालिका सुनाकोठीका ३२ वर्षको महिला
१४. महालक्ष्मी नगरपालिकाका २६ वर्षको महिला
१५. ललितपुर महानगरपालिका हरिसिद्धका ३७ वर्षको महिला
१६. गोदावरीका १९ वर्षको पुरुष
१७.ललितपुर महानगरपालिका हात्तीवन ४८ वर्षको महिला
१८. ललितपुर महानगरपालिका बुंगमतीका ४५ वर्षिय पुरुष
१९. गोदावरी नगरपालिका चापागाउँ, वडा नं. ११, शेराफाँटका २७ वर्षको पुरुष
२०. ललितपुर महानगरपालिका भैसेपाटीका ९ वर्षको पुरुष
२१. गोदावरी नगरपालिका चापागाउँ, वडा नं. ११, शेराफाँटका २५ वर्षको महिला
२२. महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुका १८ वर्षको महिला

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...