काठमाडौंबाट करिब तीन घण्टामा पुग्न सकिन्छ भोटेकोसी बन्जी जम्प । बिहान सबेरै काठमाडौंबाट हिँड्यो भने करिब डेढ घण्टामा दोलालघाट र त्यहाँबट बाह्रबीसे हुँदै भोटेकासी बन्जी जम्पमा पुग्न सकिन्छ ।

नेपालमा बन्जी जम्पिङको सुरूवात गर्ने उद्देश्यले २०५८ सालमा उक्त नदीमा ४८ लाखमा झोलुङ्गे पुलको निर्माण गरिएको थियो ।

त्यहीँ पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको भोटेकोसीमा बन्जी जम्प गर्ने गरिन्छ । तर जहाँ एक सय ६० मिटरमध्ये एक सय मिटरसम्म मात्र जम्प गराइन्छ।

विकिपिडियामा उल्लेख भएअनुसार एकपटकको जम्पिङका लागि नेपालीलाई दुई हजार रूपैयाँ शुल्क लाग्छ भने विदेशी पर्यटकका लागि ६ हजार रूपैयाँसम्म लिने गरिन्छ । जुन ठाउँका केही भिडियोहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ ।





Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।