मंसिर २ । ठूलो लगानी गर्नुपर्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा ३० वर्षसम्मका लागि विदेशी कम्पनीलाई दिइने पक्षमा सरकार पुगेको छ ।

आर्थिक विषयकै कारण लगानी बोर्ड विमानस्थलको व्यवस्थापनमा दक्षता हासिल गरेका अन्तर्राष्ट्रिय कम्पनीबीच प्रतिस्पर्धा गराएर छनोट गर्ने तयारीमा पुगेको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले विमानस्थलको उडान तथा सुधार व्यवस्थापन र क्ष्मता अभिवृद्धि गर्न विदेशीलाई दिनु नै उचित देखिएकोले त्यसका लागि आवश्क तयारी गरिएको बताएका छन् ।

उनका अनुसार विमानस्थलको व्यवस्थापनको लागि ५० करोड अमेरीकी डलर (५० अर्ब) सम्म खर्च लाग्ने अनुमान गरिएको अन्नपूर्णमा खबर छ ।

बोर्डले भारतीय, जर्मन, अष्ट्रेलियन, मेलेसियन, टर्किस, सिंगापुरसहितका कम्पनीले इच्छासमेत देखाएको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।