काठमाडौं उपत्यकासहित जिल्लाभित्र सार्वजनिक सवारी खोल्न दिने सरकारको निर्णय



काठमाडौँ । काठमाडौं उपत्यका भित्र र अन्य जिल्लामा जिल्लाभित्र चल्न दिने गरी सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।

सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा र बाहिरका जिल्लामा जिल्लाभित्र चल्न दिने गरी सार्वजनिक सवारी चलाउन दिने निर्णय सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका हुन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीलाई भने चल्न दिइने छैन ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले असार १२ गते सरकारले गरेको निर्णयका सम्बन्धमा सरकारले परिपूरक निर्णय गरेको उनले बताए ।