भारतीय मिडियाको घटिया प्रचारको जति निन्दा गरे पनि कम हुन्छ : पम्फा भुसाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ तथा सांसद पम्फा भुसालले भारतीय मिडियाको घटिया प्रचारको जति निन्दा गरे पनि कम हुने भन्दै आक्रोश पोखेकी छन् ।

भारतीय एक च्यानलले नेपाल–चीन सम्बन्धको विषयलाई जोडेर अनर्गल प्रचार गरेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

पूर्वमन्त्री समेत रहेकी नेतृ भुसालले पनि कुटनीतिक मर्यादा र सभ्यताको यो भन्दा निकृष्ट र भद्दा रूप अरु हुनै नसक्ने समेत जनाएकी छिन् ।

‘भारतीय संचारमाध्यममा नेपालका प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतबारे गरेको घटिया प्रचारको जति निन्दा गरे पनि कम हुन्छ । कुटनीतिक मर्यादा र सभ्यताको यो भन्दा निकृष्ट र भद्दा रूप अरु हुनै सक्दैन ।’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘म यस कुकृत्यको घोर विरोध गर्दछु ।’

नेतृ भुसालले संचार माध्यमको यति सारो दुरुपयोग र यति घटिया चिन्तन भन्दै आश्चर्यता व्यक्त गरेकी छन् । उनले भनेकी छन्- ‘संचारमाध्यमको यति सारो दुरुपयोग र यति घटिया चिन्तन ! वा रे भारतीय सभ्यता वा रे भारतिय लोकतन्त्र !! अनि महाशक्ति बन्ने चिन्तन र सपना ! कुछ तो सरम करो !’

भारतीय च्यानलको अनर्गल प्रचारको नेपाल सरकार, प्रधानमन्त्रीका प्रेस सल्लाहकार, नेकपाका प्रवक्ता, नेपाल पत्रकार महासंघ लगायतबाट भत्र्सना भइसकेको छ ।

कमेन्ट गर्नुहाेस्