आज आइतबार सुनको भाउ घट्यो नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले बताएकाे छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ६६० रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ९८० रुपियाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको हाे ।
Comments







