काठमाडौं । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प राख्नका लागि परेका १ हजार २५ वटा आवेदन खारेज गरेको छ ।
२०७६ वैशाख १७ र भदौ १० गते निगमले पेट्रोलियम पदार्थ विक्रीका लागि नयाँ विक्रेता नियुक्त गर्न आवदेन माग गरेको थियो । तर, अहिले पेट्रोल पम्प रहेकै क्षेत्रबाट नयाँ विक्रेता माग भएकाले आवेदन रद्ध गरिएको निगमले जानकारी गराएको छ ।
निगमको सञ्चालक समितिले नयाँ विक्रेताका लागि पर्न आएको निवेदनहरू जनसंख्या, भूगोल, सवारी साधनको तथा सडक घनत्वका आधारमा उपयुक्त नभएको ठहर गर्दै आवेदन खारेज गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
अब आवेदन दिँदा बुझाएको दस्तुर रकम निवेदकले फिर्ता लिन सक्ने निगमले जनाएको छ ।
Comments







