९ अंकले बढ्यो नेप्से, अर्बमाथि कारोबार (यी हुन् कमाउने र गुमाउने कम्पनीहरु)



काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ अंकले बढेर बन्द भएको छ । हरियोमा बन्द भएको नेप्से १ हजार ३४० दशमलव २९ विन्दुमा पुगेको छ । आइतबार नेप्सेमा अर्बमाथि कारोबार भएको छ ।

आइतबार १७९ ओटा कम्पनीको १६ हजार ८२६ पटकको कारोबारमा १ अर्ब ११ करोड १० लाख ९० हजार २७२ बराबरको २६ लाख ७८ हजार ५०७ कित्ता शेयर कारोबार भएको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

आइतबार जीवन बीमा समूह १९७.२४ अंकले बढेको छ । त्यस्तै लघुवित्त समूह ८२.६४ अंक, निर्जीवन बीमा समूह ८०.५४ अंक, उत्पादन तथा प्रशोधन समूह १७.३५ अंक, अन्य समूह ७.७८ अंक, वित्त समूह ६.५४ अंक र व्यापार समूह १.०६ अंकले बढेको छ ।

आइतबार आज ६ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सूर्योदय लघुवित्त, स्वरोजगार लघुवित्त, गणपति माइक्रोफाइनान्स, मिथिला लघुवित्त, एनआईसी एसिया लघुवित्त र मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतले बढेको छ ।

यस्तै, तिनाउ मिसन विकास बैंक र जोशी हाइड्रोपावरका सेयरधनीहरुले भने आइतबार गुमाएका छन् । यी दुवै कम्पनीका सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ ।

कमेन्ट गर्नुहाेस्