कात्तिक २९ । आसन्न  संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका ३ सय २ जनाको उम्मेदवारी रद्द भएको छ ।

 निर्वाचन आयोगले मापदण्ड नपुगेको भन्दै उनीहरूको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको हो ।

आयोग पदाधिकारीहरूको बिहीबार बसेको बैठकले उमेर नपुगेका, प्रत्यक्ष र समानुपातिकतर्फ दोहोरो नाम परेका, बेग्लाबेग्लै राजनीतिक दलको बन्दसूचीमा परेका र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराइएका भए पनि जिल्लाका नागरिक वा मतदाता नभएको आधारमा बन्दसूचीबाट हटाएको नागरिकमा खबर छ ।

आयोगको यो निर्णयसँगै यसअघि सार्वजनिक समानुपातिकतर्फका ११ हजार ११ उम्मेदवारमध्ये ३ सय २ जना घटेका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।