सुनको मूल्य बढ्यो, चाँदीको पनि वृद्धि (मुल्यसहित)



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

हिजो आइबार छापावाल सुन प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा २०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ८८५ रहेको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ९८० रुपियाँमा कारोबार भएकोमा आज प्रति तोलामा १० रुपैयाँले बढेर ९९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।