एमालेलाई अमेरिकाबाट आयो डेढ करोड चुनावी सहयोग

कात्तिक २८ । नेकपा एमालेलाई अमेरिकाबाट डेढ करोड चुनावी सहयोग आएको छ ।

नेपालमा उम्मेदवारहरूको दौडधुप र मतदाताहरूको उत्सुकता चुलिँदै गर्दा अमेरिकास्थित एमालेको भ्रातृ संगठन प्रवासी नेपाली मञ्चले पार्टीलाई डेढ करोडभन्दा बढी रकम सहयोग गरेको हो ।

मञ्चले शुक्रबारसम्म झन्डै डेढ लाख अमेरिकी डलर काठमाडौंस्थित नबिल बैंकको पार्टीको खातामा जम्मा गरेको कान्तिपुरले खबर छापेको छ ।

हाम्रो लक्ष्य ३ लाख डलरसम्मको थियो र अहिलेसम्म डेढ लाख डलर जम्मा गरिसकेका छौं, मञ्चका अध्यक्ष सञ्जय थापाले भनेका छन्, संकलनका लागि अझै केही दिन बाँकी भएकाले रकम अझै बढ्ने विश्वास छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।