कात्तिक २८ । आसन्न निर्वाचनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराउनका लागि एमाले अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधव नेपालबीच कुरा मिलेको छ ।

काठमाडौं १० र सिरहा ५ बाट उम्मेदवारी दिएका प्रचण्डलाई हराउन दुवै क्षेत्रमा आफूहरु नै सहभागी हुने विषयमा उनीहरुसँग कुरा मिलेको हो ।

स्रोतका अनुसार प्रचण्ड एमालेका विरुद्ध खरो रुपमा उत्रिएपछि एमालेका नेताहरु पनि प्रचण्डसँग रुष्ट हुन पुगेका थिए ।

फलस्वरुप सिरहा ५ मा खनाल र किर्तिपुरमा नेपाल गएर त्यहाँ आयोजना हुने चुनावी सभामा उनीहरुले प्रचण्डका विरुद्ध खुलेरै भोट माग्ने बताइएको छ ।

सिरहा ५ मा भने प्रचण्डको मुख्य प्रतिस्पर्धी एमाले उम्मेदवार छन् भने किर्तिपुरमा कांग्रेस उम्मेदवार छन् ।

राजनीतिक विश्लेषकहरुले एमाले र कांग्रेसबीच आन्तरिक रुपमा यी दुई ठाउँमा सानो किसिमको तालमेल पनि प्रचण्ड हार्न सक्ने अनुमान गरेका छन् । तर, दुई पार्टीबीच अहिलेसम्म आन्तरिक रुपमा पनि तालमेल भएको भने छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।