Wednesday, August 12, 2026
Home मुख्य समाचार कांग्रेस नेता चिनकाजीका भाई नौं लाख घुससहित यसरी परे पक्राउ

कांग्रेस नेता चिनकाजीका भाई नौं लाख घुससहित यसरी परे पक्राउ

काठमाडौं । करिब वर्ष दिनअघि खोटाङको दिक्तेलस्थित जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख फेरिएपछि जिल्लाबासी आजित थिए ।

हाकिम फेरिएसँगै नारायणकाजी श्रेष्ठ जलश्रोत तथा सिँचाइ डिभिजनका प्रमुख बनेर खोटाङ पुगे । उनले त्यहाँ पुगेपछि अधिकांश योजनामा बार्गेनिङ गरिरहे । घुस नदिने उनको लागि अयोग्य बने, घुस दिन नसक्ने त्यसै कारण आजित रहेँ ।

उनी नेपाली कांग्रेसका प्रमुख सचेतक समेत बनिसकेका कांग्रेस नेता चिनकाजी श्रेष्ठको भाई भएपछि र दाईको ब्याकअप पावरका कारण नारायणकाजीले कसैलाई गन्ने कुरै रहेन ।

कांग्रेस नेता चनकाजी (दायाँ) र घुससहित पक्राउ परेका नारायणकाजी (बायाँ)

उनले योजना लिन र बिल पास गर्न सेवाग्राहीसँग हाकाहाकी बार्गेनिङ गर्थे । छिटो पास गराउन माथि पैसा बुझाउनुपर्छ भन्दै उनी घुस लिने गर्थे ।

मंगलबार अर्थात ३० असार २०७७ को दिन पनि उनले यसरी नै घुस मागेनन् मात्र करिब नौं लाख रुपैयाँ हातमा पारिसकेका थिए । त्यसैबेला उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनमा परेँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट खोटाङको दिक्तेल पुगेको टोलीले श्रेष्ठलाई उनकै निवासबाट नौं लाख घुससहित पक्राउ गरेको हो । अख्यियारले नौ लाख ३४ हजार घुससहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनले लामो समयदेखि घुस मागेर हैरान बनाउने गरेको जिल्लाबासी बताउँछन् । उपभोक्ताले नै अख्तियारमा हार गुहार गर्दै उजुरी दिएपछि उनलाई पक्राउ गर्न काठमाडौंबाटै अख्तियारको टोली पुगेको थियो । काठमाडौंबाट दिक्तेल पुगेर योजनाका साथ अख्तियारले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

घुससहित अख्तियारको नियन्त्रणमा परेका नारायणकाजी श्रेष्ठ । तस्बीर स्रोतः नागरिकन्यूज

खोटाङमा सञ्चालित सरकारी अड्डाहरु मध्ये धेरै बजेट भएको अड्डामा सिचाई पनि एक हो । त्यहीँ बजेटमा गैरकानुनी रुपमा रजाई गर्ने श्रेष्ठ अहिले अख्तियारका खोरमा पुगेका छन् । पक्राउ पर्दा श्रेष्ठको साथबाट श्रोत नखुलेको रु ९९ हजार ५०० रकम पनि जफत गरिएको राष्ट्रिय समाचार समिति (रासस) ले उल्लेख गरेको छ । श्रेष्ठले सिँचाइ योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांश ठेकेदार तथा उपभोक्ता समितिसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दै आएको सेवाग्राहीको गुनासो छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोईरालाले प्रेस विज्ञाप्ती जारी गर्दै ‘स्टीङ अपरेसन’का क्रममा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अस्पतालमा लगेर स्वास्थ्य जाँच गरी अख्तियारको टोलीले साथैमा काठमाडौं ल्याएको जानकारी दिएका छन् ।

जिल्लाकै एक निर्माणाधिन सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि घुस मागिरहेको सूचना एबं उजुरीका आधारमा उनीमाथि स्टिङ अप्रेशन गरिएको अख्तियारले जनाएकाे छ ।

उनलाई प्रकाउ गरिएपछि खोटाङका सांसद विशाल भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा छोटो प्रतिक्रिया लेख्दै अन्यत्र पनि कहिँ कतै यस्ता क्रियाकलाप भएका छन भने अबिलम्ब खोजी गरेर कानुनी कारबाही गर्न माग गरेका छन् । उनले घुस बुझाउनेलाई नेपथ्यमा राखेर रहस्यमय नबनाउन आग्रह समेत गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।