दिप बहादुर घर्ती/जाजरकोट
कार्तिक २७ । नेकपा–माओबादीको आक्रमणबाट जाजरकोटमा एकीकृत नेकपा माओवादीका ४ जना कार्यकर्ता घाइते भएका छन् ।

संविधानसभा निर्बाचनको प्रचार प्रसारको क्रममा ढिमे गाविसको दम्दालामा पुगेको एकिकृत माओबादीको टोलीमाथी नेकपा–माओबादीले गाँउमा पैसा बाँडेको आरोप लगाउदै आक्रमण गरेको हो ।

आक्रमणमा परी एकिकृत नेकपा माओबादीका बिष्णु मल्ल, शान्तबहादुर बस्नेत, शुशिल जैसी, चेतबहादुर रावल घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घाइतेहरुलाई सदरमुकाम खलंगा ल्याउन थालिएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।