दिप बहादुर घर्ती/जाजरकोट
कार्तिक २७ । नेपाली काँग्रेस जाजरकोट क्षेत्र नम्बर २ का सचिव बीरेन्द्र शाहीलाई एकीकृत नेकपा माओबादीका कार्यकर्ताले खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

चुनाबी प्रचार प्रसारको क्रममा एकिकृत नेकपा माओबादीका कार्यकर्ताले शाहीलाई खुकुरी प्रहार गरेका हुन् ।

घाइते शाहीको टाउकोमा गंभिर चोट लागेको छ । उनलाई उपचारको लागि हेलिकप्टरबाट काठमान्डौं लिने तयारी भएको नेपली काँग्रेस जाजरकोटले जनाएको छ ।
घटना स्थल तर्फ प्रहरी पठाईएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक चक्रबहादुर सिंहले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।