भित्र बम राखेर फालिएको झोला ।

कात्तिक २७ । राजधानीको पुरानो बसपार्क भन्दा केही मात्रै अगाडी भृकुटीमण्डपको चोकमा बुधबार दिउँसो झोला भित्र शंकास्पद वस्तु देखियो ।

केही छिनमै सुरक्षाकर्मीले चारैतिर सो बाटो हुने सवारी आवागमन बन्द गरे । बसपार्कबाट आउने सवारी साधनलाई भने एक साइटबाट मात्रै छाडियो । १२ बजेतिर भेटिएको उक्त वस्तुलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै म्यादी प्रहरीले समेत ठूलो घेराभित्र राखे । एक घण्टापछि भने नेपाली सेनाको बम डिष्पोजल टोलि घटनास्थल आईपुग्यो । त्यसलगत्तै सम्पूर्ण सवारी आवागमन बन्द गरियो ।

बम हेर्न भेला भएका सयौं सर्वसाधरण तथा पत्रकारहरुलाई समेत निक्कै परसम्म बस्न लगाएपछि नेपाली सेनाको डिष्पोजल टोलिले उक्त बमलाई निष्क्रिय पार्ने काम सुरु गरे ।

हेर्दा झोला मात्रै एक कुनामा राखिएको भएपनि त्यसले ठूलै त्रास पैदा गरेको थियो ।

केही छिनमै उक्त झोलाबाट ठूलो ड्वांग्गको आवाज आयो । मानिसहरु झक्किए पनि । कालो धुवा आकाशतिर लाग्यो । मानिसहरु बम नै त रहेछ भन्दै तरंगित भए । कोही कोही भने सात्तै गयो पनि भन्दै थिए । शंकास्पद वस्तु रहेको झोला भने जलिरह्यो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।