काठमाडौं । चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल भरिएको भन्दै सतर्कता अपनाउन चिनियाँ पक्षले खबर पठाएको छ ।

चिनियाँ पक्षको जानकारीपछि अविरल वर्षासँगै उक्त हिमताल भरिएको र फुटे भोटेकोसी क्षेत्रमा पानीको बहाव बढ्ने भन्दै सचेत हुन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।

चिनियाँ पक्षले हिमताल भरिएको र फुट्ने सक्‍ने चेतावनी दिएपछि भोटेकोसीमा जुनसुकै बेला पानीको बहाव अत्याधिक रुपमा बढ्न जाने भन्दै सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आग्रह गरेका छन् ।

उक्त क्षेत्रमा अत्याधिक रुपमा वर्षा भएपछि उक्त ताल भरिएको चिनियाँ पक्षले जानकारी गराएको थियो । ताल फुटे भोटेकोसी किनारमा रहेको भोटेकोसी गाँउपालिका, बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहका बस्तीहरु बगाउन सक्‍ने र ठूलो क्षति पुर्‍याउन सक्‍ने सम्भावना देखिएको जिप्रका सिन्धुपाल्चोकले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।