काठमाडौं । निरन्तरको भारी वर्षासँगै आएको पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।
पहिरोका कारण त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँडको मृत्यु भएको हो ।
मंगलबार मध्यराति आएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।