बन्दको विरोधमा भन्दै भोलि महासंघले देशभर र्याली निकाल्न लागेको छ । तर, सरकारी उच्च स्रोतले भने उक्त र्याली निकाल्न करोडौं रुपैयाँ सरकारले निकाशा गरिसकेको जानकारी दिएको छ ।
नाम नखोल्ने शर्तमा सरकारी एक उच्च अधिकारीले देशभर बन्दको विरुद्धमा र्याली गर्न ५० देखि एक अर्बसम्म सरकारले दिईसकेको जनाए ।
नेकपा–माओवादी उच्च स्रोतले पनि महासंघका अध्यक्ष सुरज वैद्य र उपाध्यक्ष भाष्करराज कर्णिकारलाई ५०÷५० करोड दिईसकेको र उक्त पैसाले देशभर विरोध र्याली निकाल्न भनेको जानकारी प्राप्त भएको जनाएको छ ।
माओवादी एक शिर्ष नेताले राजनीतिक सहमतिको नजिक रहेको शक्तिलाई बेवास्ता गरेर सरकार र चार राजनीतिक दलले गल्ति गरेको र पुनः शान्तिका नाममा जनताको करबाट उठेको पैसाले उदण्ड नमच्चाउन चेतावनी समेत दिएका छन् ।
महासंघले मंगलबार दरबारमार्गको खुल्ला सडकमा पत्रकार सम्मेलन गरी बृहत शान्ति र्यालीको घोषणा गरेको थियो । उसले सबैलाई र्यालीमा सहभागी हुन भने सर्वसाधरण भने त्रासित रहेका छन् ।
निर्वाचन आउन हप्तादिन मात्रै बाँकी रहेको बेला कतै बम विष्फोट त कतै बन्दको विरुद्ध शान्ति र्याली लगायतका गतिविधिले प्रश्रय पाउँदा सर्वसाधरण भने अलमलमा परेका छन् । पछिल्लो घटनाले राजनीतिप्रति जनताको वितृष्णा झनै बढेर गएको देखिन्छ ।
मंगलबार मात्रै पनि देशका विभिन्न शंकास्पद वस्तु फेला परेका छन् भने ठाउँ ठाउँमा सवारी साधन तोडफोड तथा आगजनी भएका छन् ।



