कार्तिक २६ । चुनाबी प्रचार प्रसारको लागी नुवाकोट गएका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको गाडीमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ ।
केसी नुवाकोट का क्षेत्र नं १, २, ३ को संयुक्त आमसभामा भाग लिन जाँदै गएको समयमा उनको गाडी माथी पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।
नुवाकोटको ३५ किलो भन्ने स्थानमा केसी लाई नै लक्षित गरी प्रहार गरिएको थियो । बम प्रहारले उनको बा. ५ च.६२५३ नम्वरको गाडीको सिसा फुटेको नेपाली कांग्रेसले जनाएको छ ।
Comments







