कात्तिक २६ । नेपाल र युएईबीच आज भएको अभ्यास खेलमा युएई ५ विकेटले पराजित भएको छ ।

टि ट्वान्टी विश्वकपको छनौट खेल खेल्न गएको नेपाली टोलिले पहिलो अभ्यास खेलमा युएईलाई हराएको हो ।

पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएकोमा
कप्तान पारस खड्काको अविजित ८५ रनको योगदान गरेपछि नेपालले युएईलाई हराउन सफल भयो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।