टिभीफिल्मीलाई डिजिटल कपी बुझाउन निर्देशन

कात्तिक २६ । निर्वाचन आयोगले टिभीफिल्मी टेलिभिजनलाई पूर्व प्रसारित कार्यक्रमको डिजिटल कपी बुझाउन निर्देशन दिएको छ ।

आचारसंहिता विपरित दल विशेषको चुनावी कार्यक्रम प्रत्यक्ष प्रसारण गरेको र असन्तुलित समाचार दिएको उजुरी परेपछि आयोगले यस्तो निर्देशन दिएको हो ।

आचारसंहिता उल्लंघन भएको भन्दै नेपाली कांग्रेसले गतसाता टिभी फिल्मीसहित हिमालय र एबिसी टिभीविरुद्ध उजुरी दिएको थियो । एबिसी टिभीसँग पनि आयोगले डिजिटल कपी माग गरिसकेको छ ।
 टिभीफिल्मी नेपालको एक मात्र सिनेमा च्यानल हो ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।