आज बुधबार पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७७९ नमुना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सप्तरीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका १६, डोटी र लमजुङका ७ जना, कालीकोट र पर्साका ६/६ जना, धनुषाका ५ र सुनसरीका चार जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं, मोरङ, ताप्लेजुङ, बारा, सर्लाही, स्याङ्जा, बाग्लुङ, बाँकेका ३/३ जना, बर्दिया र सल्यानका २/२ जना तथा चितवन र बझाङका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ । उनीहरुमध्ये ४२ जनाको मृत्यु भएको छ भने १२ हजार ६८४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २०७ जना डिस्चार्ज भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।