आज बुधबार थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिक मृत्यु भएको छ ।
पोखरामा कार्यरत चिनियाँ नागरिक स्वास्थ्यमा समस्या भएपछि मणिपाल अस्पताल, पोखरामा भर्ना भएकी थिइन् । र उपचारका साउन २ मा हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको थियो ।
परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको र उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हाे ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीका ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । खोकी, उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या भएर साउन २ मा अस्पताल पुगेका उनको भेन्टिलेटरमा राखेर उपचारका क्रममा ६ गते मृत्यु भएको थियो ।
Comments







