राजधानीमै गुडिरहेको माइक्रोमा पेट्रोल बम प्रहार, एक बालक घाइते

कात्तिक २६ । ललितपुरको कुमारीपाटीमा गुडिरहेको माइक्रोबसमा अज्ञात समूहरले पेट्रोल बम प्रहार गरेको छ ।

बा १ ज ६२८८ नम्बरको माइक्रोमा पेट्रोल बम प्रहार हुँदा माइक्रोको पछाडीको सिसा फुटर एक बालक घाइते भएका छन् ।

घाइते बालकको अहिले अल्का अस्पताल जावलाखेलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यता, ४ गते ५ बजेसम्मका लागि यातायात बन्दको घोषणा गरेको ३३ दलिय मोर्चाले काठमाडौंमा दुई वटा ट्याक्सीमा तोडफोड गरेको छ ।

काठमाडौंको सेतोपुलमा बा १ ज ७९९३ र मध्यबानेश्वरमा बा १ ज १९६२ नम्वरको ट्याक्सीमा तोडफोड गरेका छन् ।

बन्द गराउँदै हिड्ने तीन जनालाई प्रहरी वृत्त बालाजुले नियण्त्रणमा लिएको छ ।

यता, काठमाडौंको कपुरधारामा एक किलो गन पाउडर (विष्फोटक पदार्थ) फेला परेको छ । उक्त पदार्थलाई सशस्त्र प्रहरीले निष्क्रिय पारेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।