कात्तिक २६ । इलाममा श्रीमान नेकपा माओवादीका कार्यकर्ता भएकै कारण श्रीमती र ५ वर्षिया छोरी मध्यरातमा गिरफ्तारमा परेका छन् ।

इलामको चमैंता ३ की देवीमाया घिमिरेलाई पाँच बर्षे छोरी प्रेक्षासहित गएराती १ बजेतिर चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनी स्थानीय कमलदेवी प्राविकी शिक्षिका समेत हुन् ।

घिमिरेलाई १ बजे राती घरैमा गएर छोरीसहित पक्रेर सदरमुकाम ल्याएको छ । उनका आफन्तले भने घिमिरे निर्दोष भएको बताएका छन् । उनीहरुले श्रीमान माओवादी भएकै कारण उनलाई पक्राउ गरिएको समेत जनाएका छन् । उनका श्रीमान पुष्प भट्टराई नेकपा माओवादीका जिल्ला स्तरका नेता हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।