एमाले अध्यक्ष खनालको पुख्र्यौली घरमा आगजनी प्रयास

कात्तिक २५ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको पुख्र्यौली घरमा आगजनीको प्रयास भएको छ ।

इलाम क्षेत्र नम्बर १ का उम्मेदवार खनालको साँखेजुङ–४ मा रहेको तीन तले घरको भुइँतलामा नचिनेका मानिसको समूहले पेट्रोल छर्केर आगजनीको प्रयास गरेका हुन् ।

गएराती ११ बजे उक्त प्रयास गरिए पनि घरमा क्षति भने हुन पाएन ।

आगजनी प्रयासपछि खनालको पुख्र्यौली घरमा राती नै पुगेका सुरक्षाकर्मीले अहिले पनि घरको सुरक्षा गर्दै घटनामा संलग्न भएकाहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।