दिप बहादुर घर्ति/जाजरकोट
कार्तिक २५ । खलंगा गाविसको पोखरामा आईतवार चुनावी प्रचारमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले पार्टी विच झड्प हुदा नेपाली कांग्रेसका उम्मेदवार घाइते भएका छन् ।

चुनावी सभाको आयोजना गर्ने क्रममा ढुङ्गा हानाहान हुदा ढुङ्गा लागेर उम्मेदवार घाईते भएका हुन ।
एमाले कार्यकर्ताहरुले माथिवाट प्रहार गरेको ढुङ्गा उछिट्टिएर बाँया खुट्टामा लागेपछि नेपाली कांग्रेस क्षेत्र नं.१ का उम्मेदवार दिपक जंग शाह घाईते भएका छन । प्रहार गरिएका ढुङ्गा लागेर नेपाली कांग्रेस १ नं. क्षेत्रिय सदस्य चित्र बहादुर वली को खुट्टामा, नेपाली कांग्रेसकै नाम नखुलेका कार्कि जातका एकजना कार्यकर्ताको हातमा लागेर घाईते भएको जनाएको छ ।

 घाईतेहरुको अबस्था सामान्य रहेको नेपाली कांग्रेस सम्पर्क कार्यालयका सञ्चार प्रमुख राज बहादुर सिंहले वताए । उनीले झडप पछि एमालेका नेता भैरव कुमार श्रेष्ठलाई आफ्नो पार्टीले नियन्त्रण लिएको र अरु एमाले कार्यकर्ताहरु भाग्न सफल भई सके भने ।

एमालेका नेता भैरव कुमार श्रेष्ठले टेलीफोन मार्फत आफ्नो पार्टीको माइक खोस्न उम्मेदवार दिपक जंग शाह आफै आए पछि आफ्ना कार्यकर्ताले ढुङ्गा प्रहार गर्दा नेपाली कांग्रेसका तीन जनालाई सामान्य चोट लागेको वताए ।  चुनावी प्रचारको वातावरणलाई विग्रन नदिन आफुले सहजीकरण गरीरहेको छु नेता श्रेष्ठले भने । घटना स्थलमा दुई पार्टी विच झड्प भए पछि झड्प नियन्त्रण गर्न जिल्लावाट थप प्रहरी फोर्स खटाई सकेको प्रहरी जिल्ला प्रमुख चक्र बहादुर सिंहले बताए ।

 चुनावी दिनहरु नजिकीदै गर्दा हुने राजनैतिक झड्पले बहिष्कार आन्दोलनलाई सहयोग पुग्ने धेरैले बिश्लेषण गर्न थालेका छन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।