काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना निको भएको छ । दुई साता अघि उनी आफैंले आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।

अहिले फेरि बोल्सोनारो आफैंले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

राष्ट्रपति बोल्सोनारोले आफू कोरोना संक्रमित भएको र त्यसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरेको भिडियो सामाजिक सन्जालमा सेयर गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।