कात्तिक २४ ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा मेगा बैङ्कले १० करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

 बैङ्कले प्रकाशन गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैङ्कको यस्तो मुनाफा दुई करोड ६० लाख रुपैयाँ रहेको थियो ।

त्रैमासिक वित्तीय विवरण अनुसार बैङ्कले गत आर्थिक वर्षमा जम्मा १७ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सीमा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी १९ करोड ५४ लाख रुपैयाँ पुगेको छ । यसैगरी विदेशी मुद्रा खरिद तथा बिक्रीबाट चार करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।