कात्तिक २४ । निर्वाचन आयोगले एबिसी टेलिभिजनलाई डिजीटल कपी २४ घण्टाभित्र उपलव्ध गराउन आदेश दिएको छ ।
यसअघि आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आचारसंहिता उल्लंघन भएको उजुरीपछि २४ घण्टाभित्रै स्पष्टिकरण मागेको थियो । त्यसको भोलिपल्ट पुन आयोगले असोज २० गतेदेखि हालसम्म प्रशारण भएका कार्यक्रमको डिजिटल कपी मागेको हो।
एमाओवादीको पक्षमा आमसभा र प्रचारप्रसार कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको भन्दै नेपाली कांग्रेसको उजुरीपछि शुक्रबार आयोगले एबिसी टेलिभिजनलाई स्पष्टिकरण सोधेको थियो।




