कोरोना संक्रमणबाट थप एकको मृत्यु



नेपालमा थप एक कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएको छ ।

बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो ।
उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।