नेपाली बजारमा सुनको भाउ एक लाख नजिक पुगेको छ । सोमबार सुनको भाउले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्य प्रति तोलामा १ हजार २०० रुपैयाँले बढेर हालसम्म कै उच्च मूल्यमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला ९७ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ । तर आइबार छापावाल सुन प्रति तोला ९६ हजार
३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ प्रति तोला ९७ हजार ६० रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य अघिल्लो दिनको भन्दा ५५ रुपैयाँले बढेर प्रति तोला १ हजार २ सय १० रुपैयाँ पुगेको छ । शुक्रबार १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।
Comments







