कात्तिक २२ । राजधानीमा आज एक नयाँ कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चुच्चेपाटीबाट बौद्धतर्फ जाँदै गरेको नम्बर नराखिएको नयाँ कार दुर्घटना हुँदा कार चालक २९ बर्षीय श्यामकुमार कालिगढ र ४५ बर्षीय शिव कुँवरको मृत्यु भएको हो ।

कार तीव्र गतिका कारण अनियन्त्रित भई बौद्धमा सडक छेउको घरको गेटमा गएराति ११ बजे ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते उनीहरुको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । कारमै सवार अर्का घाइते सिन्धुपाल्चोकका ३१ बर्षीय मिनकुमार कालिगढको भने उपचार भईरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।