कात्तिक २२ । हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ । हिमपात सँगै आसन्न मंसिर ४ मा हुने निर्वाचन समेत हिमाली जिल्लाहरुमा संकटमा पर्ने देखिएको छ ।
हुम्लाको सदरमुकाम सिमकोटसहित जिल्लाको माथिल्लो भागमा यो वर्ष पहिलो पटक हिउँ पर्न सुरु भएको हो ।
एक सातादेखि जिल्लाको उत्तरी भेगमा हावाहुरीसहित बढेको चिसोले जनजिवन समेत प्रभावित भएको छ । हिउ परेर चिसो बढेकाले निर्वाचनमा खटिने सुरक्षा गस्तीमा समेत समस्या भएको बताइएको छ ।
सिमकोटमा झण्डै १ फिट जती हिउँ जमेको छ भने अहिले पनि हिउँ लगातार रुपमा परिरहेको बताइएको छ ।/div>
Comments